बिर्तामाेड । झापाकाे शिवसताक्षी नगरपालिकामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु भएको छ । झापा प्रहरीका अनुसार शिवसताक्षी नगरपालिका ११ मा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु भएको हो ।

आईतबार बिहान २ बजे जंगली हात्तीले स्थानीय कृष्णमाया भण्डारीलाई आक्रमण गरेको थियो । हात्तीले घर भत्काउन थालेपछि चिच्याउँदै बाहिर निस्कने क्रममा हात्तीले आक्रमण गरी उनलाई गम्भीर घाइते बनाएको थियो ।

घाइते अवस्थाकी कृष्ण माया लाई अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हात्तीको आक्रमणबाट उनका श्रीमान शान्तिराम पनि गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार उनको उपचार भइरहेको छ ।

रतुवामाई वृक्षारोपण आयोजनाको जंगलबाट आहाराका लागि जंगलबाट हात्ती गाउँ पसेका थिए । केहीदिनदेखि शिवसताक्षी नगरमा हात्तीले मानिसको जनधनको क्षति गर्न थालेको छ ।

एउटा छावा सहित ४ वटाको समूहमा रहेको हात्तीले राति ११ बजेदेखि नै गाउँमा वितण्डा मच्चाएको थियो । आहाराका लागि छावा भण्डारण गरिएका अन्न खान घरभित्र पस्ने र माउ हात्तीले छावालाई घर बाहिर निकाल्दा घर भत्काउने गरेको स्थानीयवासीले बताए ।