बिर्तामोड । अर्जुनधारा नगरपालिकाले बिधुतीय कर सङकलन प्रणाली शुरु गरेको छ । आइतबार नगरपालिकामा एक समारोहको आयोजना गरि नगरपालिकाले बिधुतीय कर सङकलन प्रणाली शुरु गरेको जनाएको छ ।
अब नगरमा कर तिर्दा नगरपालिका जानुपर्ने, लाइन बस्नुपर्ने लगायतका झन्झटबाट मुक्त भएको नगरका सुचना प्रविधि अधिकृत बिनोद खनालले जानकारीदिए । अनलाईन कर सङकलन प्रणालीको माध्यमबाट नगरक्षेत्रभन्दा बाहिर रहेका सेवाग्राहीसमेत लाभान्वित हुने उनले बताए ।
सरकारले अधि सारेको 'हरेक सरकारी कार्यालयमा लाइन बस्नु नपर्ने' नीतिलाई यश कार्यक्रमले सहयोग पुग्ने मेयर बलदेबसिह गोम्देनले बताए ।
अरु शाखालाई पनि नया कार्यक्रम ल्याउन अनुरोध गरेका छन । पारदर्शिता र सुसासन नगरको समृद्विको अध्याय हो । डिजिटलाइजेसनले एक हदसम्म यो स्थापित गर्न मदत पुग्छ ।
नगरमा सेवाग्राहीहरुको भिडभाड कम गर्नका लागि यो योजना प्रभाबकारी हुने बताईएको छ । ईसेवा, खल्ती, आईएमई पे, प्रभु पे तथा कनेक्ट आईपिएस लगायतबाट कर तिर्ने ब्यवस्था मिलाईएको खनालले बताए ।
अनलाईन कर प्रणाली प्रयोग गर्ने झापामा अर्जुनधारा दोस्रो स्थानीय तह हो । यसअघि कनकाई नगरपालिकाले यो सुविधा शुरु गरिसकेको छ ।














