बिर्तामाेड । हात्तीलाई थापेकाे बिद्युतीय करेन्ट लागेर झापामा एकजनाकाे मृत्यु भएकाे छ । गएराति घर बाहिर निस्किएका बिर्तामाेड-७ बाह्रघरेका ४९ वर्षिय खेम श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर सिकिस्त भएका श्रेष्ठलाई उपचारका लागि बिर्तासिटी हस्पिटल ल्याइपुर्याउँदा राति साढे ११ बजे उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले जानकारी दिए ।

श्रेष्ठले जंगली हात्ती धपाउन आफ्नै घरवरिपरि करेन्ट टांगेका थिए । हात्ती प्रभावित क्षेत्रमा मानिसहरुले त्यस किसिमको जोखिमपूर्ण उपाय अपनाउँदै आएका छन् ।