काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आइतबार  गोली चलेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीमाथि लागू औषध कारोबारीले गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गरेको हो ।

ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले दिएको जानकारी अनुसार लागू औषधका कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि गोली चलाएपछि प्रहरी जवाफी फायरिङ गरेको हो ।

प्रहरीको फायरिङमा एक लागूऔषध कारोबारीलाई घुँडामुनि गोली लागेको छ । घाइतेलाई उपचारका लागि अस्पताल लगिसकिएको छ । निजको साथबाट केही मात्रामा लागू औषध पनि बरामद भएको एसपी जोशीले जनाए ।