बिर्तामोड । मोरङको सुन्दरहरैचा नगरपालिका वडा न ९ का सचिव डिकबहादुर भण्डारीमाथी आक्रमण गर्ने विसन शक्ति थापालाई कडा कारवाही गर्न झापा जिल्ला वडा सचिब हक हित मञ्चले माग गरेको छ ।
अविबाहित प्रमाणपत्र लिन वडा कार्यालय आएका थापाले सचिव भण्डारीमाथि हातपातको प्रयास गरेका थिए । उनीमाथि हातपात भएपछि वडा सचिब हक हित मञ्चले दोसीलाई पक्राउ गरी कडा कारवाही गर्न माग गरेको हो । सुरक्षित भएर काम गर्ने वाताबरण बनाउन समेत मञ्चको माग छ ।
थापासहित तीनजनाको समुहमा वडा कार्यालय पुगेको समुहले सचिब भण्डारीमाथि हुल हुज्जत गरेको थियो । सचिब भण्डारीले त्यो सिफारिस दिन नमिल्ने भन्ने बुझेपछि त्यो समुहले वडाध्यक्ष प्रकाश श्रेष्ठमाथि जाइलागेको थियो ।
वडाध्यक्ष श्रेष्ठमाथि पनि अभद्र ब्यबहार गरेपछि थापाको समुहलाई प्रहरीले पक्राउ गरेको थियो । वडाध्यक्ष श्रेष्ठकै समन्वयमा उनीह रिहा भएको पीडित भण्डारीले जानकारी दिएका छन् । भण्डारीले दोसीलाई पक्राउ गरी कडा कारवाही गर्न माग पनि गरेका छन् ।
मञ्चको झापा जिल्ला समितिले बिज्ञप्ती जारी गर्दै सो घटनाका दोसीलाई कारवाही गरी भयरहित वाताबरणमा काम गर्ने अवस्था श्रजना गर्न सरोकारवाला निकायसँग माग गरिएको छ । बिज्ञप्तीमा मञ्चका झापा अध्यक्ष भोसकुमार थुलुङ र सचिव खगेन्द्र लिङदेनले हस्ताक्षर गरेका छन् ।



















