बिर्तामोड । बिर्तामोड नगरपालिका-७ मा एक बच्चाकाे रहस्यमय मृत्यु भएको छ । प्रहरीले अनुसन्धानका लागि पोष्टमार्टमका गर्न बच्चाकाे शव धरानकाे घोपा पठाएको छ ।
बिर्तामाेड नगरपालिका वडा नं. ७ का अध्यक्ष अविरल कृष्ण खरेलका अनुसार मृतक बच्चा रवि मियाका छोरा हुन् । मृतकका बुबा मुस्लिम र आमा सन्थाल समुदायकाे भएको बुझिएको छ ।
दश दिनअघि आमाले बच्चालाई बाबुको जिम्मा लगाएर सम्पर्क विहीन भएको स्थानीयवासीले जानकारी दिए । आमा सम्पर्क विहीन भएपछि बाबुसँगै बस्दै आएका बच्चाकाे आज राती निधन भएको हो ।
घटनास्थलमा प्रहरी पुग्दा बच्चाकाे शरिरमा कमिला लागेकाे अवस्थामा भेटिएकाे बताइएको छ ।



















