काँकडभिट्टा । लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाले ३५ ग्राम खैरो हेरोइन (ब्राउन सुगर) सहित इलामको चुलाचुलीका एकजनालाई पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका इलामको चुलाचुली गाउँपालिका–४ आइतबारेका धिरज हिमाङलाई ३५ ग्राम लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
हिमाङलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर अनुसंधान गरिरहेको प्रहरीले जनाएको छ ।



















