बुधबारे । झापाको बुद्धशान्तिमा एक पुरुषकाे शव फेला परेको छ ।
बुद्धशान्ति गाउँपालिका- ४ स्थित हापेन चोकमा अन्दाजी ४० वर्षीय पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ । मृतकको पहिचान भने खुलेको छैन ।
मृतक पुरुष तराई मूलको जस्तो देखिने कालो, निलो रङ्गको जिन्सको पेन्ट, आकाशे रङ्गको भेष्ट लगाएको अवस्था फेला परेको हो । उनको शव घोप्टो अवस्थामा रहेको र घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















