बिर्तामोड । बिर्तामोडमा भएको सुत्केरी प्रकरणमा कुनै सहमति नभएको परिवारले जनाएको छ । विभिन्न सञ्चार माध्यममा सहमति भएको भन्ने खवर झुटो भएको बहिनी कुसुम संग्रौलाले जानकारी दिइन् ।

झापाको बिर्तामोडमा विवाद सहमति भएपछि टुंगिएको भनेर बिभिन्न सञ्चारमाध्यममा प्रकाशित खवर निराधार भएको पीडित पक्षको भनाई छ । मनमोहन अस्पताल प्रशासन र पीडित पक्षबीच साँझसम्म छलफल भएको थियो ।

गत साउन २७ गते प्रसूति गराउन बिर्तामोडको मनमोहन हस्पिटल ल्याइएकी बिर्तामोड १ की २७ वर्षीया सिर्जना संग्रौलाको मृत्यु भएको समाचार सार्वजनिक भएकाे थियाे । तर, साे अस्पतालमा उपचारका लागि आएकी बिर्तामाेड १ की सिर्जना संग्रौलाकाे अहिले बिर्तासीटी अस्पतालकाे भेन्टिलेटरमा उपचार भइरहेकाे जनाइएकाे छ । पीडित परिवारले चिकित्सकको लापरबाहीका कारण बिरामीकाे अवस्था जटिल बनेकाे आराेप लगाएका छन् ।