झापा । सुनसरीको चतराघाटस्थित कोसी पुलको उदयपुर खण्डमा सवारी साधन छाडेर बेपत्ता भएका चिकित्सक गाेताखाेर परिचालन गरिएकाे छ ।
मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा कार्यरत जेनेरल सर्जन झापाको दमक नगरपालिका १ घर भएका ३८ वर्षीय डा. प्रज्ज्वल कोइराला बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी हरिनन्दन चौधरीका अनुसार १–०२–००२ च ४१६६ नम्बरको कार छाडी चिकित्सक बेपत्ता भएका हुन् ।
बेपत्ता भएका चिकित्सकको कोशी नदी र आसपासका क्षेत्र खोजी भइरहेको प्रहरीको भनाइ छ । स्थानीयवासीले बेवारिसे कार देखेपछि आज बिहान ४ बजे प्रहरीलाई खबर गरेका थिए । डाक्टर कोइराला राती २ बजे कोशीको पुलमा आएको सिसी टिभि फुजेटमा देखिएको प्रहरीले जनाएको छ ।
हराएका डाक्टर कोइरालाको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोरको टोली र इप्रका रामपुरबाट वरिष्ठ प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले खोजी गरिरहेको डिएसपी चौधरीले बताए ।



















