मेचीनगर । मेचीनगर १० स्थित धुलाबारीमा प्रहरीले ठुलाे परिणाममा लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले विषेश स्रोतको सुचनाका आधारमा नवि मिया चुरौटेको घरमा छापा मार्दा १ केजी ७०० ग्राम गाँजा फेला परेकाे थियाे । गाँजालाई प्याकेटमा हालेर बिक्री गर्न राखिएकाे अवस्थामा तीन जनालाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा राप्रपाबाट बिजयी कोशी प्रदेश सभा सांसद सबिना बजगाईंको छोरा हिमाल बजगाईँ, स्मृति लिम्बू र नवि मिया चुरौटेलाई छन् । प्रहरी स्राेतका अनुसार लागू  औषध  भण्डारण गरिएकाे काेठामा तीनैजना फेला परेका थिए । 

झापाका प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार सांसदपुत्र बजगाईँ लागू औषध सेवनका लागि साे स्थानमा गएकाे हुन सक्छ । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसधान गरिरहेकाे प्रहरीले जनाएकाे छ । 

मिया लागूऔषधको कारोवारी भएकाले उसलाई मुद्धा चलाउने, अरु दुईजना संगै भेटिएको र लागूऔषध नभेटिएकाले मनोपरामर्श गरी छाडिने प्रहरीले जनाएको छ ।फर्निचर ब्यवसायीसमेत रहेका सांसदपुत्र बजगाईँलाई रकम सङ्कलनका लागि गएकाे समयमा प्रहरीले नियन्त्रणमा लिएकाे जनाइएकाे छ ।