झापा । ईलाका प्रहरी कार्यालय दमकले गैर कानुनी रुपमा गोलिया ओसार पसार गर्दै गरेको अवस्थामा एक ब्यक्तिसहित ट्याक्टर पक्राउ गरेको छ ।
दमक १० मा साखु र धयेरो जातको गोलिया ओसार पसार गर्दै गरेको अवस्थामा मे १ त ७८१९ नम्बरको ट्याक्टर र दमक नगरपालिका–१० बस्ने त्यसका चालक त्रिलोचन न्यौपानेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ट्याक्टरमा साखु जातको ६ वटा र धयेरो जातको ३ वटा गोलिया लोड भएको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
प्रहरीले बरामद गरेको काठ ३३.६१ क्यु फिट रहेको छ । प्रहरीले सोधखोज गर्दा ट्याक्टरसँग आवश्यक कागजपत्र नरहेको जनाइएको छ । पक्राउ गरेको ट्याक्टर र काठलाई आवश्यक अनुसंधानका लागि डिभिजन बन कार्यालय चन्द्रगढी पठाइएको प्रहरीले जनाएको छ ।



















