काठमाण्डाै । वीर अस्पताल नयाँ भवनको छैटौं तलाबाट हामफालेर एक जना पुरूषको मृत्यु भएको छ।
घटना आज साेमबार बिहानकाे हाे । अस्पतालमा बिरामी कुरुवा हाे भन्दै माथिल्लाे तलामा गएका पुरुष छैटाै तलाबाट हाम फालेका थिए ।
मृतकको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ। उनी अन्दाजी ४० वर्षीय पुरूष हुन्।
अस्पतालका प्रवक्ता सागर मिश्रका अनुसार मृतकले अस्पतालमा कुरूवा भनेर प्रवेश गरेका थिए। उनकाे गाेजीमा छ रुपैयाँकाे एउटा नाेट र सलाई फेला परेकाे प्रहरीले जनाएकाे छ ।



















