इलाम । इलामको माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र लेखा अधिकृतले कार्यकक्षमै अनैतिक र अमर्यादित गतिविधि गरेको भिडियो बाहिरिएको छ ।

कार्यालयमै जडित सीसीटीभी क्यामेरामा उनीहरूले कार्यकक्षमै गरेको अनैतिक क्रियाकलापको भिडियो कैद भएको थियो । सोही भिडियो यतिबेला  सार्वजनिक भएको हो ।

भिडियोमा उनीहरूले अश्लिल हर्कत गरेको देखिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत राई चार वर्षअघि देशभरका निजामति कर्मचारीहरूमध्येबाट निकै प्रतिष्ठित मानिने ‘इन्टिग्रिटी आइडल’ भएका थिए । जतिबेला उनी इलामको चुलाचुली गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए ।

तर, कार्यालयमै यौनजन्य गतिविधि गरिरहेको भिडियो सार्वजनिक दुवै कर्मचारीको आलोचना भइरहेको छ । अहिले उक्त भिडियो सामाजिक सञ्जालहरूमा भाइरल भएको छ ।

भिडियो हेर्दा सीसीटिभीबाट मोवाईलले खिचेजस्तो देखिन्छ । गाउपालिकाको कुनै कर्मचारीले सीसीटिभीबाट भिडियो खिचेर सार्वजनिक गरेको हुनसक्ने बुझिएको छ ।