इलाम । हरियो
चियापत्तीको मुना टिपाइको सिजन सुरुभएसँगै किसान ठगीने गरेको गुनासो आउन थालेका
छन् । सिजन सुरु भएपछि विभिन्न वहानामा ठगिनुपरेको किसानहरुको गुनासो छ ।
इलामको सूर्योदय
नगरपालिकामा रहेका किसानहरुले ठगीका विरुद्ध संघर्ष गर्ने घोषणा नै गरिरहेका छन् ।
सक्रिय किसान तारा नेपालको अगुवाइमा सबै तहका सरकारलाई ज्ञापन पत्र बुझाइसकिएको छ
।
एक सघर्ष समिति बनाइ
स्थानीयदेखि केन्द्र सरकारसम्मको ध्यानाकर्षण गराउन सात बुँदे ज्ञापन पत्र
बुझाइएको नेपालले बताए । कहिले गुणस्तरको नाममा, कहिले अर्गानिकको नाममा, कहिले मूल्य निर्धारणको नाममा
किसानलाई मारपर्ने काम भइरहेको उनले बताए ।
८० प्रतिशत चिया किसान
रहेको सुर्योदय नगरपलिकामा किसानको रोजीरोटीमै समस्या आउने परिस्थिति बनेको उनीहरुको
भनाइ छ । चिया समस्याबारे दिगो सामाधान गर्न राखिएका मागहरु बेवस्ता गरे आन्दोलनमा
उत्रिने चेतावनी समेत उनीहरुले दिएका छन ।
किसान संघर्ष समितिले
हरियो चियाको कार्यविधि सच्याइ अन्तरजिल्ला र भारतमा खुल्ला रुपमा बेच्न
पाउनुपर्ने, विषाधीरहित बालिनाली र विषादीरहित चियाको विकल्प दिन
,अर्गानिक परीक्षणको लागि ल्याबको व्यस्था गर्न, व्यवसायी, उद्योगीले पनि अर्गानिकिकरण गरी गुणस्तरीय
बन्नुपर्ने, टी एसोसिएसनले अनावश्यक झमेला लगाउने गरेकाले
त्यसलाइ रोक्न माग गरेका छन् ।
उनीहरुले तीन दिनको
अल्टिमेटम सहितको ध्यानाकर्षण गराएका छन् । सूर्योदय नगरप्रमुखसँग सम्बन्धित
विषयमाथि छलफल गर्ने तयारी गरिरहेको अगुवा किसान नेपालले जानकारी दिए ।