बिर्तामाेड । झापाकाे बाह्रदशीमा बिहीबार दिउँसाे खेतीकाे बिषयमा दुई परिवारबिच झगडा हुँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाकाे अवस्था गम्भिर छ । 

बाह्रदशी-३  राधानगरमा स्थानीय पर्शुराम साह र रेखानन्द साहबिच खेतीको विषयमा बिबाद उत्पन्न भएकाे थियाे । बिवाद बढ्दै गएर कुटाकुट हुँदा दुबै परिवारका ११ जना घाइते भएका हुन् । 

दुबै परिवारले धारिलो हतियार, बाँस र लाठी  प्रयोग प्रयाेग गरे‍र एक अर्कामाथी भिडेका थिए ।  घटनापछि केहीकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ । घटनामा अजय कुमार साह,  लिला नन्द साह, रेखा नन्द साह, चाँदनी साह, पदमा देबी साह, बिष्णु प्रसाद साह, महानन्द साह, पर्शुराम साह, पर्शुराम साह, बिबेक साह, र मुनाखोरी साह घाइते भएका छन् । 

उनीहरुकाे बिर्तामाेडमा रहेकाे अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ । घाइतेमध्ये महानन्द साहकाे अवस्था गम्भीर रहेकाे बताइएकाे छ । बाँकी चारजनाकाे मध्यम र अरु सामान्य घाइते भएकाे बुझिएकाे छ ।