अर्जुनधारा । राष्ट्रिय युवा संघ अर्जुनधाराले अर्जुनधारा जलेश्वर धामकाे खडेबाबा स्मृति पार्ककाे सरसफाई तथा बृक्षाराेपण कार्यक्रम सम्पन्न गरेकाे छ । 

rojina

युवा संघले अघि सारेकाे 'एक युवा, पाँच बिरुवा' अभियान अन्तर्गत बृक्षाराेपण कार्यक्रम आयाेजना गरिएकाे संघका केन्द्रिय स्थाई कमिटी सदस्य राेजिना पाण्डेले जानकारी दिइन् । 

विश्वमा जलवायु परिवर्तनका कारण बढ्दै गएको तापक्रम न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्रिय युवा सङ्घ केन्द्रीय कमिटीले शुरु गरेको अभियान अन्तरगत अर्जुनधारा नगरपालिकामा समेत वृक्षारोपण  भएको हो ।

arjundhara 111

पर्यावरण सन्तुलन कायम राख्न, प्राकृतिक प्रकोप न्यूनीकरणसँगै हरियो वन नेपालको धन भन्ने भनाइलाई थप मजबुत बनाउन वृक्षारोपण अभियान सञ्चालन गरिएको पाण्डेले बताईन् । 'बढ्दो जनसङ्ख्या र सहरीकरणले प्रदुषण र वन विनाश भइरहेको छ' उनले भनिन् 'यसको न्यूनीकरणका लागि वृक्षारोपण गर्नैपर्छ, युवा सङ्घको केन्द्रीय कमिटीले देशव्यापी रुपमा यो अभियान शुरु गरिरहेको छ ।'

कार्यक्रममा धाम समितिका शिवलाल खतिवडा, अर्जुनधारा नगरपालिका बाेर्ड सदस्य काैशिलाल परियार, वडा न ७ का अध्यक्ष गाेविन्द खतिवडा, सदस्य हरि कटवाल लगायतकाे सहभागिता रहेकाे थियाे । सरसफाई तथा बृक्षाराेपण कार्यक्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरीले पनि सहभागिता जनाएका थिए ।