काठमाडौं । रुसी सेनामा कार्यरत नेपालीको स्थिति
सार्वजनिक गर्न, मृतकका परिवारलाई क्षतिपूर्ति दिन, सेनामा रहेकाको करार रद्द गर्न माग गर्दै अनशन बस्दै आइरहेका परिवारजनले
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्ना मागहरु बुझाएका छन् ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा
पुगेर आफ्ना १३ बुदे माग प्रधानमन्त्री दाहालसमक्ष बुझाएका
हुन् । दुई साताअघिदेखि १३ बुँदे माग राख्दै जारी राख्दै आएका उनीहरुले
प्रधानमन्त्रीलाई नै भेटेर मागपत्र बुझाएका हुन् । रुसी सेनामा कार्यरत नेपालीको
जीवन रक्षार्थ अभियानकी संयोजक कृतु भण्डारीको अगुवाएमा माग पत्र बुझाइएको हो ।
भण्डारीको नेतृत्वमा परिवारले कहिले सिंहदरबार घेराउ
त कहिले रुसी दूतावासअगाडि प्रदर्शन गर्दै आएका छन् । उनीहरुको माग कतैबाट सम्बोधन
नभएको उनीहरूको गुनासो छ ।
हालसम्म रुसमा कार्यरत रहेकामध्ये अनशनकारीहरुसँग ६
सय २० भन्दा धेरै व्यक्तिको विवरण छ ।जसमध्ये३९जनामृतक, १८ जना मृत्यु भएको
भनिएका,
तर पुष्टि हुन बाँकी, पाँचजना युक्रेनको कब्जामा, ११७ जना घाइते तथा २७२ जना सम्पर्कविहीन छन् ।
रुसी सेनामा करार सम्झौता रद्द गरेका नौजना, रुसी राहदानीका लागि आवेदन दिएका ११ जना, रुसी राहदानी नलिने
कागजातमा हस्ताक्षर गरेका १९ जना र बाँकी व्यक्ति उनीहरुकाे सम्पर्कमा छन् ।