बिर्तामाेड । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट २ किलो ५ ग्राम चाँदीसहित एक भारतीय महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत उत्तराखण्ड देराजुङका ३० वर्षीया तेन्जिङ छिरिङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

प्रहरीका अनुसार शुक्रबार साँझ ६ बजेको समयमा बुद्ध एयरको विमानबाट काठमाडौँ जान लागेकी छिरिङको झोला प्रहरीले चेकजाँच गर्दा लुकाइछिपाई राखेको २ किलो ५ ग्राम चाँदीको दुई थान डल्लोद र २८ हजार ५ सय भारतीय रुपैयाँ बरामद गरेको थियो । अवैध चाँदीसहित पक्राउ परेकी महिलालाई प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान गरिरहेको डीएसपी चन्दले बताए ।