बिर्तामोड । झापाको बिर्तामोडमा आजदेखि दुर्गादेवी श्रेष्ठ भेट्रान फुटबल प्रतियोगिता सुरु हुँदैछ । उद्घाटनमा आयोजक निलो र हाम्रो इटहरी भेट्रान भिड्दै छन् ।

पूर्वेली युवा परिवार बिर्तामोडको आयोजनामा डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगितामा पूर्वका आठ टोली सहभागी छन् ।

प्रतियोगितका अन्य टिमहरुमा भरौल भेट्रान्स एफसी, विराटनगर भेट्रान्स एफसी, झिलझिले भेट्रान्स एफसी, चन्द्रगढी भेट्रान्स एफसी, इलाम भेट्रान्स एफसी र आयोजक रातो रहेका छन् ।

जेठ ७ गते फाइनल खेल हुने प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ पाउने छ । संस्थाका अध्यक्ष रविन श्रेष्ठकी आमा दुर्गादेवी श्रेष्ठको स्मृतिमा क्लबले प्रतियोगिता आयोजना गरेको हो ।