काकडभिट्टा । नेपालबाट भारत जाँदै गरेका एक पाकिस्तानीसहित दुईजना मेनपापर सञ्चालक नेपाली नागरिकलाई भारतीय सुरक्षाकर्मीले शनिवार दिउसो पानीट्याङकी पक्राउ गरेको छ ।

भारतको पानीट्याङकीमा सुरक्षामा तैनाथ एसएसबीले चेक पोइन्टमा चेकजाँचका क्रममा बिएबी ६६६५ नम्बरको गाडीमा सवार उनीहरूलाई एसएसबीले पक्राउ गरेको हो ।
अवैध रुपमा भारत प्रवेश गरिरहेका पाकिस्तानी नागरिक बर्ष ४६ का सैफ उल्लाह, नेपाली नागरिक मेघ बहादुर मगर र मानबहादुर थापालाई पक्राउ गरेको हो ।
पाकिस्तानी नागरिकको दुवाईमा सेक्युरिटी कम्पनी भएको र नेपाली कामदार लैजाने अन्तर्वार्ता लिन शुक्रबार इटहरीको हिमालयन गोर्खा (एचआर) नामक मेनपावर आएका थिए । र अन्तर्वार्ता पश्चात् घुम्नका लागि मेनपावर संचालक मगर र थापासँग इलाम जिल्ला पुगेका थिए ।
इलाम घुमेर इटहरी फर्कन अगाडि सवारी मर्मतका लागि पानीट्यान्की जाँदा भारतीय एसएसबिको ४१ औं बटालिएनले नियन्त्रणमा लिई खोरिबारी पुलिस थानालाई बुझाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुलाई आज सब डिभिजन कोर्ट शिलिगुडिमा पेश गरेर म्याद थप गरि अनुसंधान गरिरहेको जनाईएको छ ।


















