बुद्वशान्ति । आदर्श युवा क्लब बुद्धशान्ति झापाले आदर्श मलामी बिश्रामलय चिलिम गडि घाट ब्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।

आदर्श युवा क्लबले क्लबका पुर्ब अध्यक्ष तथा बुद्धशान्तिका प्रथम राष्ट्रिय एन्फा रेफ्री लोकराज ढुंगानाको स्मृतिमा करिव डेड लाखको लागतमा चिलिम गडिमा नवनिर्मित आदर्श मलामी बिश्रामलय घाट ब्यवस्थापन समिती अध्यक्ष कमल उप्रेतिलाई हस्तान्तरण गरेको क्लबका अध्यक्ष मातृका श्रेष्ठले जानकारी दिए । 

कार्यक्रममा बोल्दै घाट ब्यवस्थापन समितिका अध्यक्ष उप्रेतीले आदर्श युवा क्लबले खेलकुद सङ्गै विभिन्न सामाजिक गतिबिधिमा सक्रिय रहेको भन्दै खुशी व्यक्त  गरे । उनले चिलिम गडि घाटमा मलामी बिश्रामलय निर्माणले स्थानीय क्षेत्रका बासिन्दा लाभान्वित हुने बताउँदै  बेबारिसे शब  ब्यवस्थापनको लागि एक लाख रुपैयाँको अक्षय कोष निर्माणको लागि सहयोगको अपिल पनि गरे । 

यस्तै क्लबका अध्यक्ष श्रेष्ठले सामाजिक दायित्व अन्तर्गत आदर्श मलामी बिश्रामलय निर्माण गरिएको र आगामी दिनमा स्थानीय संघ संस्थासङ्ग हातेमालो गर्दै विभिन्न सामाजिक गतिविधिलाई अगाडि बडाउने उद्घोष गरे । सोही अवसरमा चिलिम गडिको फोहोरमैला पनि सरसफाइ  गरिएको अध्यक्ष श्रेष्ठले बताए । साथै क्लबले बुद्धशान्ति ३ को बृद्ध चौतारिलाई १५ हजार रुपैयाँ बराबरको स्टिल दराज बृद्ध चौतारीका उपाध्यक्ष तुलसी खतिवडालाई हस्तान्तरण गरिएको थियो ।

वि.स. २०५२ सालमा स्थापित बुद्धशान्तिकै सबैभन्दा पुरानो क्लब आदर्श युवा क्लबले खेलकुद , सास्कृतिक र विभिन्न सामाजिक गतिबिधिमा सक्रिय रहदै समाजमा सकारात्मक परिवर्तनको लागि युवा एकतामा जोड दिदै आएको सचिव दुर्योधन सिंह देवले जानकारी गराए । यस्तै क्लबले विभिन्न चरणमा फुटबल प्रतियोगिता गरेर बचत भएको रकम र आन्तरिक श्रोतबाट क्लबले आफ्नै ६ कोठा भएको सटर सहितको भवन निर्माण गरेको छ ।

क्लबका सचिव देवले संचालन गरेको कार्यक्रममा घाट ब्यवस्थापन समितिका केशव प्रसाद सापकोटा, पदम पोख्रेल र क्लबका तर्फबाट उपाध्यक्ष मिलन मुखिया, सदस्य खडग श्रेष्ठ र तरा गौतमको उपस्थिति रहेको थियो ।