काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा
कम्तीमा एक हजार युवालाई स्टार्टअपका आधारित व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा
प्रदान गर्ने भएको छ ।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा
कार्यक्रम मंगलबार संसदको संयुक्त सदनमा वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नवप्रवर्तनमा
आधरित व्यवसाय प्रवर्धनको नीति लिइने बताए ।
सरकारले एक हजार युवालाई स्टार्टअप व्यवसाय
सञ्चालन गर्न सहुलियत कर्जा प्रदान गर्ने घोषणा उनले गरे ।
त्यस्तै, वैदेशिक रोजगारीबाट फर्केका युवा दलित, महिला तथा सिमान्तकृत
समुदायको उद्यमशीलता विकास गर्ने समेत उनले बताए ।
आगामी आर्थिक वर्षमा एक हजार लघु घरेलु
उद्योगीलाई ब्याजमा अनुदान तथा प्रविधि उपलब्ध गरिने सरकारले नीति लिएको
राष्ट्रपति पौडेलले जानकारी गराए ।