सुरुङगा । ईलाका प्रहरी कार्यालय झिलझिलेकाे टाेलीले माईखाेलामा बगाउँदै सखुवा जातकाे चिरान काठ तस्करी गरिरहेकाे समयमा काठ बरामद गरेकाे छ ।
बिहिबार बिहान अन्दाजी साढे दुई बजेकाे समयमा शिवसताक्षी नगरपालिका वडा नम्बर १० दोमुखा स्थित माई खोलामा इलाम बाट काठ चोरी तस्करी गरी ल्याउँदै गरेकाे अवस्थामा काठ बरामद गरेकाे प्रहरीले जनाएकाे छ ।
इलाका प्रहरी कार्यालय झिलझिले, चुलाचुली सब डिभिजन बन कार्यालय ईलाम र माई सुखानी सब डिभिजन बन कार्यालय ईलाम बाट खटिएको बन रक्षक तथा गैंडे सामुदायिक बन उपभोक्ता समिति माईधारको संयुक्त टोलिले काठ बरामद गरेकाे हाे ।
अबैध रुपमा चोरी तस्करी गरी लैजान लागेको सखुवा जातको फेन्टा थान २०/२२ क्युबिक फिट काठ बरामद गरेर गैंडे सामुदायिक बन माईधारमा बुझाईएको प्रहरीले जनाएकाे छ । हरेक बर्ष माईखाेलाबाट काठ तस्करी हुने गरेकाे छ ।



















