बिर्तामाेड । झापाकाे धाईजनमा सडक किनारामा राेकिराखेकाे बाेलेराेमा स्कुटीले ठक्कर दिंदा स्कुटीमा सवार दुबैजनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा बुद्धशान्ति गाँउपालिका वडा नम्वर-५ बस्ने वर्ष अन्दाजी २५ को लिला प्रसाद ढुङगेल र ईलामकाे रोङ गाँउपालिका वडा नम्बर -५ बहुवन बस्ने अन्दाजी बर्ष २९ को चेतन रीजाल रहेका छन् ।
हिजाे राती चारआलीबाट बुधबारे जाने क्रममा मेचीनगर नगरपालिका-१२ माथील्लाे धाइजनमा मे ७ प ७२८३ नम्वरको स्कुटिले हाईवेको बाँया साईडमा बिग्रिएर रोकि राखेको को १ च ७२६४ नम्वरको बोलेरो पिकअपसँग ठक्कर खाएकाे थियाे ।
दुर्घटना लगत्तै उनीहरुलाई उपचारका लागि बिर्तामाेड लगिएकाे भएपनि अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घाेषणा गरेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । स्कुटि र बोलेरो पिकअप गाडि प्रहरी चौकि चारआलीको नियन्त्रणमा रहेकाे बोलेरोका चालक सम्पर्कमा नभएको हुँदा खोज तलास कार्य भई रहेको प्रहरीले जनाएकाे छ ।














