मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको अध्यक्षमा नेपाली कांग्रेसका रोहित बुढाथोकी निर्वाचित भएका छन् ।

उनले १९९१ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । उनका निकटतम प्रतिष्पर्धी एमालेका सन्तोष आचार्यले १८०८ मत प्राप्त गरे । अध्यक्षमा १८३ मतान्तर रहेको छ ।

उपाध्यक्ष पदमा एमालेका गोविन्द गिरी बिजयी भएका । उनले सर्वाधिक २२६२ मत प्राप्त गरे । उनका निकटतम प्रतिष्पर्धी राजु दाहालले १२१९ मत प्राप्त गरे । उनीहरुको मतान्तर १०४३ रहेको छ ।

सचिव पदमा विशाल तामाङ १७४५मत प्राप्त गरेर बिजयी  भएका छन् । उनका निकटतम प्रतिष्पर्धी दिलीप सुब्बाले १६६३ मत प्राप्त गरे । उनिहरुको मतान्तर ८२ रहेको छ ।