बिर्तामाेड । अर्जुनधाराकाे हचुमासा सामुदायिक बन समुहका गैरकानुनी रुपमा गाेलिया चिरान भएकाे घटना साम्य भएकाे छ । 

सामुदायिक बन समुहले कर्मचारीकाे गल्ती भएकाे भन्दै सार्वजनिक रुपमा क्षमायाचना गरेपछि घटना साम्य भएकाे हाे । 

अनियमित ढंगले गाेलिया कटान भएकाे भन्दै नेकपा एमालेले छानविन हुनुपर्ने माग राखेर निवेदन दर्ता गराएकाे थियाे । तस्कर समुहबाले लडाएकाे अवस्थामा जंगलमा बरामद भएकाे काठ प्रक्रिया नपुर्याई समुहकाे स्वामित्वमा सञ्चालित मिलमा काटिएपछि बिवाद उत्पन्न भएकाे थियाे । 

गत शनिबार अबैधानिक रुपमा गाेलिया चिरान गर्दै गर्दा उपभाेक्ता समितिका केही सदस्यले मिल बन्द गराएका थिए  । उनीहरुले  साे घटनाकाे छानबिनकाे माग गर्दै उजुरी दर्ता गराएका थिए । 

घटनापछि बन समुहले मंगलबार सर्वदलीय बैठक बाेलाएकाे थियाे । बैठकमा बन समुहका अध्यक्ष चन्द्र प्रसाईले नियत खराब नराखेकाे भएपनि काम गर्दा गल्ती भएकाे स्वीकार गरेपछि बिवाद साम्य भएकाे छलफलमा सहभागी खड्ग तामाङले जानकारी दिए ।