बिर्तामोड । झापाको बिर्तामोडबाट कटुवा पेस्तोलसहित एक व्यक्ति पक्राउ परेका छन् ।
बिर्तामोड नगरपालिका-७ फक्तालुङ बस्ने ३० बर्षिय सुरेश पराजुलीलाई पेस्तोलसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आफ्नै भाउजू गिता पराजुलीसँग झगडा गरिरहेको भन्ने सुचनाका आधारमा उनलाई पक्राउ गर्न गएको प्रहरी टोलीले खानतलासी गर्दा कटुवा पेस्तोल समेेत बरामद गरेको जनाएको छ ।
घरमा लुकाई छिपाई राखिएको अवस्थाको बिड सहितको पुरा लम्बाई १० इन्च रहेको कटुवा पेस्तोल बरामद गरेको झापाका प्रहरी प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए । पराजुलीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनी झापामा ल्याई राखेरथ प अनुसन्धान कार्य भई रहेको उनले बताए ।



















