दमक । छिमेकी महिलालाई धारिलो हतियार प्रहार गरि फरार सप्तरीको राजविराजका रुपेश सदालाई प्रहरीले पक्राा गरेको छ ।
राजविराज घर भई झापाको कमल गाउपालिका-६ मा अस्थायी बसोवास गर्दै आएका रुपेश सदालाई आइतबार प्रहरीले पक्राउ गरेको हो । सदाले कमल-६ कि सुमित्रा ऋषिदेवलाई धारिलो हतियार प्रहार गरि घाइते बनाएर फरार रहेका थिए ।
ऋषिदेबको टाउको र दुबै हातमा गहिरो चोट लागेको छ । उनको स्थानीय अस्पतालमा उपचार भईरहेको छ । धारिलो हतियार प्रहार गरि फरार रहेका सदालाई सप्तरीको विषनपुरबाट नियन्त्रणमा लिएको जनाएको छ । सदालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा ल्याई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।














