बिर्तामाेड । अविरल वर्षाका कारण माईखोलामा आएको बाढीका कारण झापा गाउँपालिकाका ५१ घर प्रभावित भएका छन् ।
अविरल वर्षाका कारण आज बिहान गौरीगंज र झापा गाउँपालिका वडा न १ को सिमाना टप्पुमा माईखोलाको पानीको बहाव बढेर डुबान गर्दा झापा गाउँपालिका २ सुगाबथान बस्तीका बासिन्दा प्रभावित भएका हुन् ।
बस्तीमा अन्दाजी अढाई फिट पानी पसेको प्रहरीले जनाएको छ । उक्त स्थानतर्फ इलाका प्रहरी कार्यालय कुमरखोदकाे टोली र बीओपी टाघनडुब्बाबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली परिचालन भएकाे बुझिएकाे छ ।