बिर्तामाेड । झापाकाे बिर्तामाेड नगरपालिका-७ मा गएराती हात्ती चारवटा घर भत्काएकाे छ । हात्तीले घरभित्र भएकाे अन्नबाली नष्ट गर्दा तीनलाख ब९ीकाे क्षति भएकाे प्रहरीले जनाएकाे छ ।
चारवटाकाे संख्यामा आएका हात्तीले बिर्तामोड-७ डाँडागाँउका नवराज लिम्बु, डम्बर बिक, साेनु सुनुवार र खगेन्द्र घिमिरेकाे घर भत्काएर अन्नबाली नष्ट गरेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । लिम्बुकाे टिनको छानो, ईटाको पर्खाल भएको २ तले टांडेघरको पर्खाल भत्काएकाे प्रहरीकाे भनाई छ ।
यसैगरी बिकको टिनको छानो, ईटाको पर्खाल भएको १ तले घरको पर्खाल भत्काएर घर भित्र रहेको अन्न खाएकाे छ । सुनुवारको टिनको छानो, ईटाको पर्खाल भएको १ तले घरको पर्खाल भत्काएर भित्रकाे अन्न खाएकाे तथा घिमिरेको टिनको छानो, काठको घेराबारा भएको २ तले टांडे घरको घेराबेरा भत्काए घर भित्र रहेको अन्नपात खाएकाे प्रहरीले जनाएकाे छ ।