ताप्लेजुङ । ताप्लेजुङकाे मिक्वाखोला गाँउपालिका वडा नं. ४ मा रहेकाे मध्य मेवा खोला जलविद्युत आयोजनामा पहिराेले क्षति पुर्याएकाे छ ।

पहिराेले साे आयाेजनाकाे एउटा जेसीबी पुरेकाे छ भने साेही स्थानमा रहेकाे आयाेजनाकाे कार्यालयमा पनि क्षति पुर्याएकाे बताइएकाे छ । 

बिहीबार राती ११ बजे आएकाे पहिराेले आयाेजनाकाे हेडबक्स पुरेकाे प्रहरीले जनाएकाे छ । अहिले सुरक्षाकर्मी र कामदारहरुद्धारा पहिरो हटाउने कार्य भईरहेकाे जनाइएकाे छ ।