काँकडभिट्टा । इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले  १ लाख ६३ हजार बराबरको सामान बरामद गरेको छ । 

मेचीनगर नगरपालिका वडा नं. ६ गैरीगाँउ स्थित हुदैं नेपालबाट  भारत र भारतबाट नेपालतर्फ अबैध रुपमा ओसार-पसार गर्दै गरेको झुल, पापड र लसुन बरामद गरेको हो ।

प्रहरीले नेपालबाट भारततर्फ लाँदै गरेको १५० केजी लसुन, भारत देखी नेपाल तर्फ ल्याउदै गरेको ७८१ प्याकेट पापर र झुल १०८ पिस बरामद गरेको जनाएको छ । बरामद सामानको मूल्य १ लाख ६३ हजार रुपैया रहेको प्रहरीको भनाई छ ।