पाँचथर । पाँचथरको फालेलुङ ५ मा विस्फोटक पदार्थ पड्किंदा गम्भीर घाइते भएका ११ वर्षीय दिपशन साँवा र २ वर्षीय प्रिंसा सावाँलाई जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभए पछि थप उपचारको लागि झापा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख हेमन्त भण्डारीले जानकारी दिएका छन् ।

घाइते ११ वर्षिय पबन राईको उपचार जिल्ला अस्पताल पाँचथमा भइरहेको छ । अर्का सामान्य घाइते ७ वर्षिय दिपशन राईको स्थानिय स्वास्थ्य चौकी प्राङबुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बिहिबार फालेलुङ ५ डाँडागाउँमा विस्फोटक पदार्थ पड्किंदा ४ बालक घाइते भएका थिए ।प्रहरी टोली घटनास्थल पुगे पछि मात्र घटनाको बारे थप बिबरण आउने प्रहरी कार्यालय पाँचथरका प्रमुख भण्डारीले जानकारी दिए ।

विस्फोटक पदार्थ कहाँ र कस्तो अवस्थामा थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । भण्डारीले भने, ‘ठ्याक्कै कहाँ कस्तो अवस्थामा विस्फोटक पदार्थ थियो भन्ने खुलेको छैन ।