पाँचथर । पाँचथरको फालेलुङ ५ मा विस्फोटक पदार्थ पड्किंदा गम्भीर घाइते भएकी २ वर्षीय प्रिन्सा सावाँको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार सावाँको जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभए पछि थप उपचारका लागि झापा लाँदै गर्दा बाटोमा निधन भएको बताइएको छ ।
साँवालाई पाँचथरबाट झापा तर्फ लादै गर्दा इलाममा निधन भएको जिल्ला प्रहरी कार्यालय पाँचथर प्रमुख हेमन्त भण्डारीले जानकारी दिए ।
बिहिबार फालेलुङ ५ डाँडागाउँमा विस्फोटक पदार्थ पड्किंदा ४ बालक घाइते भएका थिए ।
विस्फोटक पदार्थ पड्किंदा गम्भीर घाइते भएका ११ वर्षीय दिपशन साँवा र २ वर्षीय प्रिन्सा सावाँलाई जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभए पछि थप उपचारको लागि सुविधा सम्पन्न अस्पतलामा रेफर गरिएको थियो । घाइते ११ वर्षिय पबन राईको उपचार जिल्ला अस्पताल पाँचथमा भइरहेको छ । सामान्य घाइते ७ वर्षिय दिपशन राईको स्थानिय स्वास्थ्य चौकी प्राङबुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बिहिबार फालेलुङ ५ डाँडागाउँमा विस्फोटक पदार्थ पड्किंदा ४ बालक घाइते भएका थिए ।



















