पाँचथर । अविरल बर्षाको कारण पाँचथरकाे याङ्वरक-२ स्थित मध्यपहाडी लोकमार्गकाे काठे पुल बगाउँदा सडक अवरुद्ध भएको छ । याङवरककै थर्पु-च्याङथापु सडक खण्ड अन्तर्गत रिजाल भिरमा पहिरो झरि फलाम खोलामा समेत सडक अवरुद्व भएको जनाइएकाे छ।
यसैगरी ओखलढुंगा चिशंखुगढि गाउपालिका-३ दुसेनी स्थित खानिभञ्ज्याङ ओखलढुंगा भित्री कच्ची सडक खण्डमा सडक भन्दा माथीबाट पहिरो गई बाटो अबरोध भएको छ । प्रहरी चौकी खानिभञ्ज्याङबाट प्रहरी बरिष्ठ नायव निरिक्षक मदन रिजालको कमाण्डमा प्रहरी टोली खटि गई, उक्त बाटो खुलाउन स्थानीय पालिकासगँ आवश्यक समन्वय गरिरहेकाे जनाइएकाे छ ।