ताप्लेजुङ । केवलकार निर्माणकाे बिराेध गर्दै आएका ९ जना पहिचानवादी नेता कार्यकर्तालाई ताप्लेजुङ प्रहरीले पक्राउपछि रिहा गरेकाे छ । फुङलिङबाट काफ्लेपाटी जाँदै गरेकाे अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा फुङलिङ-९ कf आदेश लिम्बु, जय बहादुर लिम्बु, डम्बर लिम्बु, सुरेन्द्र ताम्फु लिम्बु, राकेश लिम्बु, सन्तोश लिम्बु, प्रकाश लिम्बु, बिनय काम्बाङ लिम्बु र सोही स्थानका ट्याक्सी चालक किरण लिम्बु रहेकाे प्रहरीले जनाएकाे छ । मे १ ज १५०९ नं. को बुलेरो गाडीमा चढेर मुकुम्लुङ संरक्षणको लागि पाथीभरा जाने क्रममा उनीहरु काफ्लेपाटीतर्फ जाँदै गरेकाे अवस्थामा पक्राउ परेका थिए ।
उनीहरुकाे साथबाट द्ईथान घरेलु हतियार खुकुरी पनि बरामद भएकाे प्रहरीले जनाएकाे छ । पक्राउपछि सामान्य छलफल गरेर बिनासर्त प्रहरीले उनीहरुलाई रिहा गरेकाे बुझिएकाे छ ।