बिर्तामोड । झापाको बुद्वशान्तिमा अहिले साँझ बोलेरो दुर्घटना हुदा त्यसमा सवार ६ जना यात्रु घाइते भएका छन् । 

बिर्तामोडदेखि इलाम तर्फ जाँदै गरेको मे १ ज २६५२ नं. बोलेरो गाडीले पैदल यात्रीलाई जोगाउन खोज्दा आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

दुर्घटनामा झापाको कमल गाउपालिका-३ बस्ने बर्ष २० को अमन श्रेष्ठ, कन्काई नगरपालिका-८ बस्ने बर्ष १९ को बिजय पुरी, कमल गाउपालिका- ३ बस्ने बर्ष २४ को दिपक प्रधान, अर्जुनधारा नगरपालिका-१ बस्ने बर्ष ३० को दिनेश थापा,  बुद्वशान्ती गाउपालिका-५ वस्ने बर्ष ५१ को रत्न मगर  र  मेचीनगर नगरपालिका-९ बस्ने  बर्ष ७३ को भक्त बहादुर कटवाल घाइते भएका छन् । 

घाइतेलाई उपचारको लागि बी एण्ड सी अस्पताल बिर्तामोड लगिएको छ । गाडी र गाडी चालक नबिन खत्रीलाई ईलाका प्रहरी कार्यालय बुधबारे झापाले नियन्त्रणमा लिइएको छ ।