इटहरी । सुनसरीको इटहरी–५ की एक महिला घाँटी रेटिएको अवस्थामा फेला परेकी छन् ।
इटहरीको जनता कलेज दक्षिणपट्टि घर भएकी ३९ वर्षीया निलु रसाइली (रायमाझी)घाँटी रेटिएको अवस्थामा हिजो साँझ फेला परेकी हुन् ।
साँझ ७.५० बजे घाँटी रेटिएको अवस्थामा फेला परेकी उनलाई उपचारका लागि विराट टिचिङ अस्पताल लगिएको थियो । तर,अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेका छन् ।
उनी आफ्नै घरको कोठामा चक्कुले घाँटी रेटिएको अवस्थामा फेला परेकी थिइन् । चक्कुले घाँटी रेटेर छटपटिइरहेको अवस्थामा उनकै छोरीले देखेपछि तत्काल उपचारका लागि लगिए पनि उपचार सम्भव नभएको प्रहरीले जनाएको छ ।



















