बिर्तामोड । स्वयंसेवकले चाँदीको सिक्री चोरेको भन्दै बिवाद उत्पन्न भएपछि झापाको गरामनीमा रहेको दुर्गा मन्दिरको सचिवालयमा तालाबन्दी भएको छ। 

Messenger_creation_B72F25A9-ED4F-4095-83C6-05F4C1272EC9

प्रत्येक बर्षको दशैको टिकाको भोलिपल्ट त्यहा मेला लाग्दै आएको छ । सोही दिन मन्दिरमा चढाएको चाँदीको सिक्री  राजबंशी समाज विकास समितिबाट परिचालित स्वयंसेवक तेप्रा राजबंशीले गोजीमा हालेको बिषयमा विवाद उत्पन्न भएको थियोे । 

तत्काल विवाद साम्य बनाएर मेला लागेपनि मंगलबार छलफल बोलाईएको थियो । कोशी प्रदेशका उर्जा तथा  खानेपानी, सिचाई मन्त्री एकराज कार्की, बिर्तामोड नगर उपप्रमुख नगेन्द्र संग्रौला लगायतको सक्रियतामा बोलाइएको छलफलमा मन्दिर व्यवस्थापन समिति पक्ष सहभागी नभएपछि सचिवालयमा ताला लगाईएको हो । 

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिपक पाण्डे र उपाध्यक्ष सुरेश उप्रेती लगायतले स्वयंसेवक राजबंशीमाथि चोरीको आरोप लगाएको बताइन्छ । उनीहरुले 'सिङगो राजबंशी समुदाय नै चोर हो' भनेको आरोप राजबंशी समाज विकास समितिको छ।

यसअघि  खानेपानी मन्त्री कार्कीको अगुवाईमा अघिल्लो समिति गठन भएको थियो । त्यो समितिले महापुराण आयोजना गरेको थियो । कार्कीले संरक्षण गरेको उक्त समितिले हालसम्म पनि आर्थिक प्रतिबेदन सार्वजनिक गरेको छैन ।

समिति अपारदर्शी ढंगबाट चलेको भन्दै अहिलेका अध्यक्ष पान्डेको अध्यक्षतामा नयाँ  समिति गठन भएको हो । पाण्डे राप्रपा निकट हुन् । पहिलेको समिति एमाले निकटको थियो । 

मन्त्री कार्की र संग्रौला दुबै एमाले निकटका भएको कारण उनिहरुको समर्थनमै सचिवालयमा ताला लागेको जनाइएको छ ।