बिर्तामाेड । झापाकाे हल्दीबारीबाट जुवा खेलिरहेकाे समयमा १३ जना पक्राउ परेका छन् । हल्दीबारी-१ का गजेन्द्र काङ्बाङकाे घरमा जुवा खेलिरहेकाे समयमा उनीहरु पक्राउ परेका हुन् । 

पक्राउ पर्नेहरुमा हल्दिबारी गाउपालिका वडा नम्बर १ का यज्ञराज त्रिताल, बिर बहादुर गुरुङ, रामनाथ साह, भानुभक्त नेपाली, अशोक राई, सरोज दाहाल, प्रकाश गिरी, बिर्तामोड नगरपालिका-५ बस्ने राजन चुडाल रहेका छन् । यसैगरी भद्रपुर नगरपालिका-१० बस्ने राजेन्द्र तुलाधर,  माधव भट्टराई, रामबाबु राउत, भद्रपुर- ७ का बिशाल अधिकारी र  ८ का सुबास न्यौपाने रहेका छन् । 

गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले  उनीहरुकाे साथबाट नगद ८३ हजार २८५ कौडा १६ थान, तास ४६९ थान, खाल १ थान, काठको फ्रेम १ थान, स्क्रिन टच माेवाइल ११ र किप्याड माेवाइल २ थान बरामद गरेकाे जनाएकाे छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसंधान गरिरहेकाे प्रहरीकाे भनाई छ ।