अर्जुनधारा । झापाको अर्जुनधाराबाट बैकिङ कसुर मुद्दाको एकजना फरार प्रतिवादीलाई ८ बर्षपछि प्रहरीले पक्राउ गरेको छ । 

अर्जुनधारा-६ दासपुल घर भएको मुना श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उच्च अदालत पाटनको  २०७३ जेठको फैसलाले उनलाई १ दिन कैद र २ लाख २० हजार जरिवाना तोकेको थियोे । सोही अदालतको २०७९ साउनको फैसलाले १८ दिन कैद  र ५ लाख रुपैया जरिवाना तोकेको थियो ।

अदालतको फैसलापछि फरार रहेकी उनलाई पक्राउ गरि फैसला कार्यान्वयनका अदालतमा उपस्थित गराइएको झापा प्रहरीका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।