बिर्तामाेड । भान्सामा काम गर्दै गर्दा आफै चक्कुले घाँटी रेटेर गम्भीर घाइते भएकी पाँचथरकाे फाल्गुनन्द –३ पौवासारतापकी ३६ वर्षीया धनमाया नेम्बाङको स्वास्थ्यमा सुधार भइरहेकाे छ । 

झापाकाे बिर्तामाेडमा उपचाररत उनकाे स्वास्थ्यमा सुधार हुँदै गएकाे चिकित्सकलाई उदृत गर्दै प्रहरीले जनाएकाे छ ।

हिजो बिहान अन्दाजी १० बजे सागर नेम्बाङकी श्रीमती धनमायाले आफ्नै घरको भान्सामा काम गर्दै गरेको अवस्थामा तरकारी काट्ने चक्कु प्रयोग गरी आफैले घाँटी रेटेकी हुन् ।

गम्भीर घाइते उनलाई जिल्ला अस्पताल इलाम ल्याइएकोमा त्यहाँ उपचार सम्भव नभएपछि बिर्ता सिटी अस्पताल बिर्तामोडमा भर्ना गरिएको छ । उनको स्वास्थ्यमा सुधार भइरहेकाे जनाइएकाे छ ।