बिराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका-१ मा भरुवा बन्दुक पड्किदा एकजनाको मृत्यु भएको छ ।
स्थानीय हातीढुङगे जङगलमा सिकार खेल्न जाँदा सोही स्थानका जगत प्रसाद राईको मृत्यु भएको हो ।
सोही स्थानका चेतन राईसँग जङगलमा शिकार खेल्न गएका उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
जङ्गलमा बन्दुक पड्केको आवाज सुनेपछि उनका आफन्त हेर्न गएका थिए । घटनास्थलमा उतानो परेको अवस्थामा उनको शव फेला परेको स्थानीय प्रेमकुमार राईले जानकारी दिए । शवको नजिकै झाडिमा १ थान भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।
उनीसँग सिकार खेल्न गएका चेतन राई फरार रहेका छन् । उनको खोजतलास गरिरहेको प्रहरीले जनाएको छ । घटना बुधबार साँझको हो ।



















