बिर्तामोड । झापाको शिवसताक्षीबाट प्रहरीले तास खेलिरहेको अवस्थामा १८ जनालाई साढे ४ लाख नगदसहित पक्राउ गरेको छ ।
शिवसताक्षी नगरपालिका -११ नहर चौकका चन्द्रमणि रिमालको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले घरधनी रिमालसहित १८ जना पक्राउ परेको जनाएको छ ।
पक्राउ पर्नेहरुमा रिमालसहित सोही नगरपालिक-४ का सेवराज भण्डारी, रुप नारायण शाह, मनोज शाह, ५ का मुकेश राउत, ६ का लोकनाथ दुलाल, ७ का छत्रबहादुर सोडारी, मणि खड्का, राजु दर्जी, तुला बाेखिम, सिताराम कार्की, खडिबहादुर श्रेष्ठ रहेका छन् ।
यसैगरी,९ का मोहनप्रसाद दुलाल, निरज दुलाल, ११ का राजेन्द्र बाँस्कोटा, राजेन्द्र बुबर र गौरिगञ्ज गाउपालिकाका-१ का हरी राजबंशी रहेका छन् ।
गएराती साढे १ बजेको समयमा गोप्य सुचनाका आधारमा खटिएको प्रहरी टोलिले नगद ४ लाख ५४ हजार ५०० र एक बुक ताससमेत बरामद गरेको जनाएको छ । पक्राउ परेकालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको झापाका प्रहरी प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।



















