हल्दिबारी । झापाको हल्दिबारीमा शिशु मृत फेला परेको छ । हल्दिबारी–१ गोलधापस्थित द नेपाल हेल्थ क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरको शौचालयभित्र मृत शिशु फेला हो ।
शिशुलाई शौचालयमा जन्माएर फालेर भागेको हुनसक्ने आशङ्कामा प्रहरीले महिलाको खोजी शुरु गरेको जनाएको छ । शनिबार दिउँसो साढे २ बजेतिर क्लिनिकको शौचालयमा शिशु मृत फेला परेको थियो ।
सिसिटिभी फुटेजमा एकजना महिला सिटी रिक्सामा आएको र क्लिनिकको बेन्चमा बसेको देखिएको हल्दिबारी १ का वडाध्यक्ष देवी थापाले जानकारी दिए । शिशुलाई शौचालयमा फालेर भाग्ने महिला चाँडै फेला पर्ने उनले बताए ।



















