अर्जुनधारा । झापाकाे अर्जुनधारामा अवैध उत्खनन गरिरहेकाे अवस्थामा प्रहरीले ९ वटा ट्याक्टर नियन्त्रणमा लिएकाे छ । स्थानीय बिरिङ खाेलामा अवैध उत्खनन गरिरहेकाे अवस्थामा ती ट्याक्टर नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।
प्रारम्भिक वाताबरणीय परीक्षण गरेर उत्खननका लागि छुट्याएकाे क्षेत्रभन्दा बाहिरबाट नदीजन्य सामग्री संकलन गरिरहेकाे समयमा ती ट्याक्टर नियन्त्रणमा लिएकाे जनाइएकाे छ । नियन्त्रणमा लिएका ४ वटा ट्याक्टरमा नदीजन्य सामग्री लाेड भएकाे तथा ५ वटा खाली रहेकाे प्रहरीले जनाएकाे छ ।
सशस्त्र प्रहरी, नेपाल प्रहरी र नगर प्रहरीकाे संयुक्त टाेलीले निषेधित क्षेत्रमा उत्खनन गरिरहेकाे समयमा मे १ त ८८६६, मे १ त ५३२६, मे १ त ७५२९, मे १ त ८४२०, मे १ त ६०८०, मे १ त २४८३, मे १ त ७२९४, प्र १ - ०१- ००१ त ९३०० र नम्बर नखुलेकाे एउटा ट्याक्टर नियन्त्रणमा लिएकाे जनाएकाे छ । पक्राउ परेका ट्याक्टरलाई आवश्यक कारवाहीका लागि अर्जुनधारा नगरपालिकामा जिम्मा लगाइएकाे जनाइएकाे छ ।



















