मैचीनगर । मेचीनगर-१० मा सालनालसहितको जिवित नवजात शिशु फेला परेको छ ।

मेचीनगर वडा नं. १० स्थित निन्दा खोलानजिकै एक घारीमा सालनालसहितको नवजात शिशु (बालिका)फेला परेको हो ।

कमिलाले टोकिरहेको रक्ताम्य अवस्थामा मेचीनगर ११ सृजना टोल बस्ने  इन्दिरा प्रसाई (अधिकारी) ले मर्निङ वाक गर्ने क्रममा शिशु फेला पारेकी थिइन्।

अधिकारीले तत्काल शिशुलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा ल्याएर बुझाएकी थिइन्।

शिशुको अवस्था सामान्य रहेको र मेचीनगर नगरपालिका वडा नं. १० कार्यालयसँग समन्वय गरी वडा कार्यालयलाई जिम्मा बुझाइएको एसपी मिलन केसीले बताएका छन्। सो घटनामा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।