झापा । अमेरिकामा हिउँमा चिप्लिएर पोखरीमा कार खस्दा नेपाली मुलका दुईजनाको मृत्यु भएको छ।
अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीस्थित च्यान्टिलीमा रहेको विंगेट बाई विन्डह्याम होटल नजिकैको पोखरीमा कार खस्दा दुई जनाको मृत्यु भएको च्यान्टिलीबाट प्रकाशित हुने अखबार डेलीभोइसले जनाएको छ।
मृत्यु हुनेमा ५५ वर्षीय कर्ण खड्का र २० वर्षीय निश्चल भट्ट रहेका छन्। उनीहरुको नेपालको ठेगाना भने खुलेको छैन। खड्का सोही होटलमा कार्यरत थिए। २० वर्षीय भट्टले जागिरको लागि आवेदन दिने योजना बनाएकाले उनीसँग गएका थिए ।