बिर्तामोड । झापाको शिवसताक्षीमा नागरिक यातायातको बस पल्टिँदा ११ जना घाइते भएका छन् ।
शिवसताक्षी-१, धरमपुरस्थित पुर्व पश्चिम राजमार्गमा काकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको मे १ ख २५४५ नम्बरको नागरिक बस अनियन्त्रित भई पल्टिएको हो ।
बाक्लो हुस्सुका कारण दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा मोरङको बिराटनगर- ३ बस्ने गुणा कोईराला, दिपा निरौला, म्यारी निरौला-सामान्य, निर्मला निरौला, शर्मिला कोईराला घाइते भएका छन् ।
यसैगरी शिवसताक्षी-८ झिलझिले बस्ने टंक शिवाकोटी, आन्सा फ्यादेन, सुमना लिम्बु , बिर्तामोड-६ बस्ने पुस्पलाल अधिकारी, चन्द्रकाला अधिकारी र कमल-६ बस्ने शान्तिराम खतिवडा घाइते भएका छन् ।
घाइतेहरुलाई उपचारका लागि बिर्तामोड पठाईएको छ । बसका चालक मेचीनगर-१० धुलाबारी टिका मेचे इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेका छन् ।